रुपन्देहीमा बीमाकर्मीहरूको वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजना तथा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, नेपाल इन्स्योरेन्स सर्भेयर एसोसियसन र पेशागत बीमा अभिकर्ता संघको सहआयोजनमा वनभोज तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देहीको तिलोत्तमा शंकरनगरस्थित बनबाटिकामा आयोजना गरिएको बनभोज तथा सम्मान कार्यक्रममा विभिन्न कम्पनीमा रहेर बीस वर्षभन्दा लामो समयसम्म इन्स्योरेन्स क्षेत्रमा लागि योगदान पुर्याएका विभिन्न इन्योरेन्सकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा यमप्रसाद तिवारी, रोहिणी श्रेष्ठ, ध्रुवप्रसाद कोइराला, भगवती रेग्मी, मोहन गौतम, प्रतापकुमार श्रेष्ठ र बीरेन्द्रप्रसाद रहेका छन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूणर्बहादुर थापाले बीमा क्षेत्रमा कार्यरत बीमाकर्मीहरुलाई गोलबद्ध बनाई एकआपसमा सुमधूर सम्बन्ध कायम गरी बीमा क्षेत्रलाई मर्यादित बनाउन आग्रह गरे।
साथै उनले त्यस क्षेत्रमा निरन्तर रुपमा योगदान पुर्याएका बीमाकर्मीहरुलाई नेपाल बीमा प्राधिकरणको तर्फबाट सम्मान गरेर प्रोत्साहन गर्ने उद्देश्यका साथ सामुहिक वनभोज सहित अन्तरक्रिया कार्यक्रम गरिएको बताए।