ज्योति विकास बैंकका ग्राहकलाई हमर फिटनेस एन्ड जिममा विशेष छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित हमर फिटनेस एन्ड जिममा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ।
यस सम्झौतासँगै बैंकका ग्राहकहरूले आधुनिक मेसिन, गुणस्तरीय सेवा र दक्ष ट्रेनरहरूद्वारा सञ्चालित यो जिममा विशेष छुटको लाभ उठाउन सक्ने भएका छन्।
त्यस्तै बैंकले यसअघि काठमाडौंको जस्मिन फिटनेस क्लब एन्ड स्पामा २० प्रतिशतसम्म, चितवनको सूर्य किरण फाइबर इन्डस्ट्रिजमा १० प्रतिशतसम्म र मिराज बेकरीमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशभरका विभिन्न व्यवसायहरूसँग सहकार्य गर्दै ग्राहकहरूलाई थप लाभदायक सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई आधार मान्दै दिगो विकास र सकारात्मक परिवर्तनको पक्षमा काम गर्दै आइरहेको बताएको छ। ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।