बाढी पीडितलाई दावी लिन सक्दो चाँडो आवश्यक कागजात उपलब्ध गराउन सिद्धार्थ प्रिमियरको आग्रह
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा आएको बाढी पहिरो पीडितहरुलाई बीमा दावी भूक्तानीको लागि चाँडो आवश्यक कागजात पेश गरिदिन आग्रह गरेको छ । कम्पनीले बाढी पहिरो पीडितहरुलाई चाँडो भन्दा चाँडो बीमा दावी भुक्तानी दिने उद्देश्यले कागजात पेश गर्न अनुरोध गरेको हो ।
कम्पनीमा बीमा गरेर बाढी पहिरोले क्षति पुर्याएका धनजनको बीमा दावी भुक्तानीका लागि बीमितहरुले कम्पनीले खटाएका सर्भेयरहरुलाई सक्दो चाँडो आवश्यक कागजात उपलब्ध गराइदिन आग्रह गरेको छ ।
साथै कम्पनीले नियूक्त गरिएका सर्भेयरलाई दाबी विभागबाट ताकेता गरे बमोजिम यथासक्य चाडो सर्भे प्रतिवेदन पेश गरि शिघ्र दाबी भूक्तानी तथा दाबी ब्यवस्थापनको लागी सहयोग गर्नू हून अनूरोध गरेको छ ।
कम्पनीले थप आवश्यक सहयोग तथा जानकारीको लागी निम्न उल्लेखित नम्बरमा सम्पर्क गर्न हून अनूरोध समेत गरेको छ ।