प्रधानमन्त्रीविरुद्ध आक्षेप लगाउने ‘प्रमाण’ गलत भएको दुर्गा प्रसाईं बयान
१४ मंसिर २०८१, शुक्रबार २१:५३
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् ।
साइबर ब्यूरोका एक अधिकृतका अनुसार, सरकारी वकिलको रोहबरमा भएको बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागज प्रमाणीकरण नगरी बाहिर ल्याउनु कमजोरी भएको जिकिर गरेका हुन् ।
‘मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपथ्र्यो, तर ह्वाटसएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो’, प्रसाईंको भनाइ उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘खासमा ती कागजहरू फर्जी नै थिए ।’