निर्जीवन बीमा कम्पनीहरुका बीमालेख सफ्टवेयरमार्फत जारी अनिवार्य

१४ मंसिर २०८१, शुक्रबार १५:२८

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका बीमालेख सफ्टवेयरमार्फत जारी गर्न निर्देशन दिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा प्राधिकरणबाट कृषि तथा पशुपन्छी बीमाको रियल टाइम सफ्टवेयर निर्माण गरिसकेकोले सोहीबमोजिम गर्न गराउन बीमकहरुलाई निर्देशन दिइएको छ।

हाल कृषितर्फ तरकारी र पशुपन्छीतर्फ पशुधन बीमालेख अनिवार्य रुपमा सफ्टवेयरमार्फत जारी गर्ने र भौतिक विधिमार्फत २०८१ मंसिर १६ गतेबाट जारी गर्न बीमकलाई प्राधिकरणले निर्देशन दिएको छ।

तरकारी बीमालेख र पशुधन बीमालेख सफ्वेयरमार्फत जारी भएपश्चात सोको प्रभावकारिता हेरी अन्य बीमालेखहरु जारी गर्न तथा मोबाइल एप सञ्चालनलगायतका विषयहरु पछि जानकारी गराइने प्राधिकरणले जनाएको छ।

सफ्टवेयर प्रणालीमार्फत बीमालेख जारी गर्ने सन्दर्भमा बीमकले आवश्यकताअनुसार कर्मचारी, अभिकर्ता, प्राविधिक, क्षति मूल्यांकनकर्ता एवं सरोकारावालालाई केन्द्र तथा सबै प्रदेशमा प्राधिकरणको समन्वयमा तालिम सञ्चालन गर्नुपर्नेछ।

सफ्टवेयर प्रणाली सञ्चालन सम्बन्धमा प्राविधिक तथा बीमालेखका प्रक्रियाबारे सहयोग आवश्यक भएमा प्राधिकरणका कर्मचारीसँग सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*