छोरीको पास्नीमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

१४ मंसिर २०८१, शुक्रबार १२:५६

काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।

एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ। बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रिँदै आएको छ ।

सोही क्रममा रामधुनी नगरपालिका ६ सुनसरीका बुबा दुर्गेश कुमार चौधरी र आमा श्यामो चौधरीले आफ्नो छोरी हर्षिता चौधरीकोको पास्नीमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले छोरीको उज्वल भविष्यको लागि सिटिजन लाइफ इन्स्योरेन्सको बाल भविष्य जीवन बीमा योजना खरिद गरेर उपहार दिएका हुन् ।

कम्पनीका एजेन्सी म्यानेजर सन्त कुमार चौधरीले बीमा सबैका लागि आवश्यक रहेको बताएका छन् । उनले बालबालिकाको समयमा नै जीवन बीमा गरिदिएपछि भविष्यमा अध्ययन तथा विभिन्न कुरामा सहज हुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*