नेप्सेमा दुई लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कति ?

१३ मंसिर २०८१, बिहीबार १६:१५

काठमाडौं । नेपाल स्टक एक्सजेन्स (नेप्से) मा दुई लघुवित्त कम्पनीहरुको शेयरमूल्य समायोजना भएको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सको बोनश शेयरमूल्य समायोजन भएको हो ।

बिहीबार नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनश शेयर प्रतिकित्ता २९२४ रुपैयाँका दरले समायोजन भएको छ । कारोबार बन्द हुनु अघि कम्पनीको शेयरमूल्य ३३२७ रुपैयाँ रहेको थियो ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सको १३.३ प्रतिशत बोनश शेयरमूल्य प्रतिकित्ता १३५२ रुपैयाँका दरले समायोजन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*