बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्‍यो साढे १२ अर्बको दावी, ७८ करोड भुक्तानीमा कुनले कति दिए ?

१३ मंसिर २०८१, बिहीबार १५:२५

काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा १२ अर्ब २६ करोड चार लाख रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार मंसिर १२ गतेसम्मको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त विवरणबाट तीन हजार ५२९ वटा दाबी परेका छन् । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमाको विवरण हो ।

निर्जीवन बीमा कम्पनीहरुले मंसिर १२ गतेसम्मको अवधिमा ७८ करोड ९३ लाख रुपैयाँ बराबर एक हजार २१५ वटा दावी भुक्तानी गरेको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले २७ करोड ६ लाख रुपैयाँसहित सर्वाधिक दावी भुक्तानी गरेको छ ।

यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दुई अर्ब ५९ करोड रुपैयाँको दावी परेको छ । कम्पनीमा हालसम्म ५०५ वटा दावी परेका छन् । जसमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ ।

त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ५३ करोड रुपैयाँ बढीको १७७ वटा दावी परेको छ । जसमा कम्पनीले दुई करोड एक लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।

स्रोत : नेपाल बीमा प्राधिकरण

साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४१३ वटा दावी वापत एक अर्ब ३६ करोड रुपैयाँको दावी परेको छ । जसमा कम्पनीले सात करोड २३ लाख रुपैयाँको दावी भुक्तानी वितरण गरेको छ ।

बाढीपहिरोको क्षतिले शिखर इन्स्योरेन्समा ४५७ वटा दावी बराबरको एक अर्ब १० करोड रुपैयाँको दावी भुक्तानी परेको छ । जसमा कम्पनीले २७ करोड रुपैयाँको दावी भुक्तानी गरिसकेको छ ।

हिमालयन एभरेष्टमा एक करोड रुपैयाँ बराबरको २४६ वटा दावी बापत एक अर्ब १० करोड रुपैयाँको दावी परेको छ । यस अवधिमा कम्पनीले आठ करोड ५३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्समा २१९ वटा बीमा दावी बापत ७६ करोड रुपैयाँको दावी परेको छ । यस अवधिमा कम्पनीले ६ करोड ९० लाख रुपैयाँको दावी भुक्तानी गरेको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योेरेन्समा ३२८ वटा दावी बापत ७२ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५० करोड रुपैयाँ बराबरको दावी परेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ४७ करोड रुपैयाँ, एजएलजी इन्स्योरेन्समा ४९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३९ करोड रुपैयाँको दावी परेको छ ।

प्रभु इन्स्योरेन्समा २० करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड रुपैयाँको बीमा दावी परेको छ । जसमा सरकारी कम्पनीको धाक लगाउँदै आएको राष्ट्रिय बीमा कम्पनीले कुनै पनि बीमा दावी भुक्तानी नदिदाँसमेत नियनकारी निकाय बीमा प्राधिकरण मौन रहेको छ ।

बीमा प्राधिकरणले बाढीपहिरोबाट प्रभावित बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*