एक्सेल डेभलपमेन्ट बैंक र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कसको कति भयो कारोबार ?
१३ मंसिर २०८१, बिहीबार १५:०७
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ८ .३० अंकले घटेर २६४८.०५ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । आज बैंकको ३१ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल फाइनान्सको २९ करोड ७४ लाख रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ९४ लाख रुपैयाँ र जानकी फाइनान्सको २३ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।