चार महिनामा निर्जीवन लघुबीमाको व्यवसाय २६ करोड रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौँ । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनाको अवधीमा कुल २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमा ब्यवसाय गर्न सफल भएका छन् । हाल संचालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा सात करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको छ ।
साथै, चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले छ करोड ४१ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले पाँच करोड ९३ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले पाँच करोड ८९ लाख रुपैयाँको व्यवसाय गरेको छन् ।
यता, कात्तिक असोज महिनामा मात्र नेपाल माइक्रोले दुई करोड ३९ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले एक करोड ८० लाख रुपैयाँ, स्टार माइक्रोले एक करोड ७१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो एक करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेको हो ।