निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४ अर्ब, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुले चार महिनामा उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चार महिनामा एक अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ४६ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस अवधिमा नेको इन्स्योरेन्सले एक अर्ब १५ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १४ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब १३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ बराबरबको व्यवसाय गर्न सफल भएका छन् ।
त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ७७ करोड ९३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।