नेप्सेमा सोल्टी होटलको शेयर मूल्य समायोजन
१२ मंसिर २०८१, बुधबार १७:५१
काठमाडौं । सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । बुधबार कम्पनीको १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५१८ रुपैयाँ १८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५७० रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा विहीबार कारोबार हुनेछ ।