बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ?

१२ मंसिर २०८१, बुधबार १५:४०

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका २६ वटा बीमा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज जीवन बीमा क्षेत्रका १२ वटा कम्पनी, निर्जीवन बीमा क्षेत्रका १२ र २ पुनर्बीमा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएसँगै लगानीकर्ताहरु मख्ख बनेका छन् । पछिल्लो समय पुँजी बजारमा बीमा कम्पनीहरुको दायरा बढ्दै गएको छ । ।

लाइफ इन्स्योरेन्स इन्डेक्स
आज लाइफ इन्स्योरेन्स इन्डेक्स २.८१ प्रतिशत अर्थात ३६९.७९ अंकले बढेर १३५०४.३८ को बिन्दुमा कायम भएको छ । यस उपसूचकमा कारोबार भएका कम्पनीहरुमध्ये एलआइसी नेपालको शेयरमूल्य ९.७५ प्रतिशतले सर्वाधिक बढेको छ ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ४.०६ प्रतिशत, रिलायबल नेपाल लाइफको २.५८ प्रतिशत, सन नेपाल लाइफको २.५६ प्रतिशत, सूर्यज्योति लाइफको २.२९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

ननलाइफ इन्स्योरेन्स इन्डेक्स
ननलाइफ इन्स्योरेन्स इन्डेक्स पनि आज १.१ प्रतिशत अर्थात १५५.८१ अंकले बढेर १३२६२.९१ को बिन्दुमा कायम भएको छ । आज नन लाइफ कम्पनीहरुमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य १.९४ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको १.७६ प्रतिशत, शिखर इन्स्योरेन्सको १.७४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.६५ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पूनर्बीमा कम्पनीहरुमा हिमालयन रि इन्स्योरेन्सको ०.५८ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको ०.६२ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*