पाइपलाइनमा रहेका आइपीओ आवश्यकता अनुसार अनुमति दिनेछुः अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजबाट पदभार ग्रहण गर्र्दै पाईपलानमा रहेका आइपीओ आवश्यकता अनुसार अनुमति दिने तयारी गरेको समेत बताएका छन्।
हाल बोर्डमा ७७ कम्पनीको आइपीओ पाईपलाइनमा रहेका छन् । यी कम्पनीले ४४ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार तीन सय ५६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् ।
यसबाहेक ऋणपत्र, हकप्रद, एफपीओलगायत धितोपत्र जारी गर्नका लागि परेको आवेदन जोड्दा प्रक्रियामा रहेका कम्पनी संख्या झनै बढ्ने धितोपत्र बोर्डको छ। आइपीओ आवश्यकता अनुसार अनुमति दिने तयारी गरेको उनले बताएका छन् ।
एभरेष्ट बैंकको बोनस दर्ताको पहिलो निर्णय गर्दै नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आजदेखि पदभार सम्हालेका छन् ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले लगानीकर्ताको हितको लागि बोर्डको चुनौतीलाई पनि अवसरमा लग्दै काम अघि बढाउने तयारी गरेको बताए । लगानीकर्ताको हितलाई प्राथमिकतालाई ध्यानमा राखेर अघि बढ्ने प्रतिवद्धता समेत गरेका छन् ।
उनले भने, बजार विस्तान गर्नलाई अवसरहरू धेरै छ। हामीहरुले नेपालको फ्याक्टर मार्केटको पूर्ण रुपमा सदुपयोग गरेका छैनौं जस्तो मलाई लाग्छ। बजारमा धेरै आवश्यक कुराहरूमा दायरा बढाउनुपर्ने छ। हामीले बजारको सदुपयोगबाट कसरी आफ्नो राष्ट्रहितका अनुकूलको कार्य गर्ने भन्ने विषयमा मेरो मुख्य ध्यान हुनेछ।
यो भनेको लङ ट्रम योजना हो। लगानीकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिनेछ। ट्रान्सप्यारेन्सी मेरो मुख्य योजना नै हो । नेपालको पूँजीबजारलाई थप उचाईमा पुर्याउने प्रण गर्दछ।