ओली क्याविनेटमा रहेका मन्त्रीहरुको त्रैमासिक समीक्षा हुँदै
१२ मंसिर २०८१, बुधबार १०:१७
काठमाडौं । केपी शर्मा ओलीको क्याविनेटमा रहेका मन्त्रीहरूको त्रैमासिक समीक्षा हुँदै छ । त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएका छन् ।
प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरू, मन्त्रालयले सचिवहरूसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।