एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा पुस १२ गते बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको थिरबम सडकस्थित आम्रपाली व्यान्क्वेटमा बिहान ९ बजे सभा बोलाएको हो।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ।
साथै लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति पाएपछि निष्कासनका लागि सिफारिस सहित आगामी वार्षिक साधारणसभामा पेश गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसका आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।