प्रभु केवलकारले मंसिर २९ देखि हकप्रद बिक्री गर्ने
१२ मंसिर २०८१, बुधबार ०८:५५
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले शतप्रतिशत हकप्रद मंसिर २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ।
कम्पनीले मंसिर ११ गतेसम्म कायम संस्थापक शेयरधनीहरूका लागि १ बराबर १ अर्थात् शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद शेयर जारी गर्ने बताएको छ। यसमा माघ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
आवेदनका लागि दरखास्त फाराम काठमाडौंको तिनकुनेस्थित कम्पनीको कार्यालयमा पाइँनेछ।