फर्स्ट माइक्रोफाइनान्सले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

१२ मंसिर २०८१, बुधबार ०७:३०

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा पुस ११ गते बिहीबार बोलाएको छ। कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजे सभा बोलाएको हो।

सभामा हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश हुनेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) २०८०।८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ मंसिर २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*