बोनसदर सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो सूर्यज्योति लाइफ, बीमितले अधिकतम् ९० रुपैयाँसम्म बोनस पाउने

११ मंसिर २०८१, मंगलवार १८:१६

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०८०।०८१ को बिमाङ्किय मूल्यांकन प्रतिबेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बिमाङ्किय मूल्यांकन प्रतिबेदन आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

स्वीकृत बिमाङ्किय मूल्यांकन कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

साथै, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमा न्यूनतम ४०  देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमा न्यूनतम ४२ देखि ६० रुपैयाँ र चौरासी पूजा जीवन बीमा योजनाहरुमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनश दिने भएको छ ।

सूर्यज्योति लाइफ बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ ।

साथै नेपाल बीमा प्रधिकरणबाट Risk Based Capital निर्देशिकालाई पालना गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी RBC Valuation  स्वीकृत गर्ने पहिलो जीबन बीमा कम्पनी बन्न सफल भएको छ ।

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँ सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनि बन्दै पहिलो आइ.एस.ओ ९००१ –२०१५ द्वारा बिभूषित प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*