‘मेरो पहिलो प्राथमिकता पारदर्शिता हो, पुँजी बजारलाई नयाँ उचाईमा पुर्याउने प्रण गर्दछु’: अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नवनियुक्त नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफ्नो कार्यकालमा पुँजी बजारलाई नयाँ उचाईमा पुराउने प्रतिबद्दता जनाएका छन् । आज अर्थमन्त्री विष्णु पौडेलबाट पद तथा गोपनियतताको शपथ दिदैं उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘मैले पाएको जिम्मेवारीलाई अवसरमा परिणत गर्दै नेपालको पुँजी बजारलाई नयाँ उचाईमा पुराउने प्रण गर्दछु ।’ उनले भने, ‘ बजार विस्तार गर्न चुनौति धेरै छन् । तर, बजारमा देखिएका समस्या समाधान गर्दै अघि बढ्छु ।’
नेपाली पुँजी बजारको दायरा अझै बढाउन सकिने उनले बताए । उनले भने, पुँजी बजारको दायरा बढाउनु आवश्यक रहेको छ । पुँजी बजारको सिद्दान्त बमोजिम राष्ट्र हित र आर्थिक विकासका पुँजी बजारलाई प्रयोग गर्ने सकिन्छ ।‘
श्रेष्ठले लगानीकर्ताको लगानी सुरक्षा मेरो भुमिका रहने दाबी गरे । ‘मेरो पहिलो प्राथमिकता पार्देशिकता हो । सरकार समक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरेको छु त्यहि अनुसार पुँजी बजार सुधारका लागि लाग्नेछु’ उनले भने ।