चितवन हात्ती तथा पर्यटन महोत्सव पौस ११ गतेदेखि सञ्चालन हुने

११ मंसिर २०८१, मंगलवार १७:१५

काठमाडौँ । चितवनको सौराहामा १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा यही पौष ११ देखि १५गतेसम्म उक्त महोत्सव सञ्चालन हुने भएको हो ।

विश्व सम्पदामा सूचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुन्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको छ ।

२०५५ सालबाट सुरु भएको हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन बर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सवलाई गत बर्ष देखि निरन्तरता दिन पाउदा हामी निकै गौरान्वित रहेको संघले जनाएको छ ।

कोरोना महामारी र आर्थिकमन्दीले थलिएर तंग्रिदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एंव जिम्मेवार संघ–संस्थाहरु संगको सहकार्यमा कार्यक्रम आयोजान गरिने भएको छ ।

महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*