ङादी गुप्र पावर र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?
काठमाडौं । ११ महिनादेखि खाली रहेको नेपाल धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएसँगै शेयर बजारमा केही सकारात्मक बाटो देखिएको छ।
लामो समयदेखि रिक्त रहेको अध्यक्ष पदमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएसँगै लगानीकर्ताहरुले केही राहतको महसुुस गरेको शेयर बजारले संकेत गरेको छ। साताको तेस्रो दिन नेप्से ३२।०३ अंकले वृद्धि भएर २७१५।२८ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा उत्साह छाँउदा हकप्रद अनुमति पाएको ङादी गुप्र पावर र नेपाल फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् ।ङादी गुप्र पावरको आज ३२ करोड माथि र नेपाल फाइनान्सको २८ करोडको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, कर्णाली विकास बैंक, युनाईटेड इर्दी मादी, बेष्ट फाइनान्स, स्टान्डर्ड च्याटर्ड बैंक, गोखार्ज फाइनान्स र रसुवागढीको सर्वाधिक कारोबार भएको छ।