बोर्ड अध्यक्षको स्वागतमा शेयर बजारमा हरियो कार्पेट, नियामकको तालमेल मिल्दा आउँला उछाल ?

११ मंसिर २०८१, मंगलवार १५:०७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले लामो समयदेखि नेतृत्व बिहिन रहेको बोर्डको जिम्मेवारी श्रेष्ठलाई दिने निर्णय गरेको हो । श्रेष्ठ नियुक्त भएको पहिलो दिनमै शेयर बजारमा दोहोरो अकंको सुधार देखा परेको छ ।

लगानीकर्ताको मनोबल विस्तार माथि उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलि र अर्थमन्त्रीले शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा व्याख्या गर्दै आइरहेको छन्। उता, गर्भनर महाप्रसाद अधिकारी समेत एमाले निकट हुन् भने बोर्डको अध्यक्षमा आएका श्रेष्ठ समेत एमाले नजिकि रहेको ब्यक्तिका रुपमा बुझिएको छ । जसले गर्दा नियामकको तालमेल मिल्दा बजारमा सुधार आउने अपेक्षा आम लगानीकर्ताको रहेको छ ।

अब आउने मौद्रिक नीतिको पहिलो समिक्षाले केहि नीतिगत सुधार गरेको खण्डमा बजार नयाँ लयमा जाने विश्वास गरीएको छ । सरकार सकारात्मक रहेको बेला नियामक निकाय पनि पुँजी बजार मैत्री हुने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४१ अकंले बढेर २७१६.६६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचकमा हरियाली देखिएको छ । यसदिन विकास बैंक समूहको १.२० प्रतिशत, बैंकिङ समूहको ०.४९ प्रतिशत, फाइनान्स समूहको १.५१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार २११ कम्पनीको शेयर बढ्दा ३२ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*