एकैदिन सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

११ मंसिर २०८१, मंगलवार १३:२३

काठमाडौँ । सिराहा, सिन्धुली र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सोमबार अर्थात मंंसिर १० गते सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

सिराहाको बरियारपट्टी गाउँपालिका –३ बलुवा टोलस्थित सडकमा ज–१ त ३६०२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बलु यादवको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहान सिराहामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

त्यस्तै, सिन्धुलीको मरिण गाउँपालिका–७ देउजोस्थित सडकमा बा ७ च ७५५४ नम्बरको कार र बा।प्र ०३–००१ च १६२३ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई उक्त बोलेरो पल्टिएर लाग्दा सडक पेटीमा बसिरहेकी पैदलयात्री मरिण गाउँपालिका–७ बस्ने ७६ वर्षीया बुद्धलक्ष्मी श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । कार र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम बस स्ट्याण्डस्थित सडकमा प्र १–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई एनएल–०१ एडी ५५११ नम्बरको लहरीले सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका–११ कुबिदा टोल बस्ने २० वर्षीय टार्जन राईको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटनाहरुमा नेपाल प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*