प्रिमियम मुल्यमा आइपीओ निष्काशन अनुमतिका लागि दुई कम्पनीले बोर्डको दैलोमा, प्रतिकित्ता कति ?

११ मंसिर २०८१, मंगलवार १२:२०

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनका लागि थप दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दिनेमा कैलाश हेलिकप्टर र छायादेवी कम्प्लेक्सले आइपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

कैलाश हेलिकप्टरले १०० रुपैयाँ अंकित दरमा २२७ रुपैयाँ प्रिमियम थपेर ३२७ रुपैयाँमा आईपीओ ल्याउने तयारी गरेको छ। हेलिकप्टरले ३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले ११ करोड ४४ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

छायादेवी कम्प्लेक्सले १०० रुपैयाँ अंकित दरमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ ल्याउने तयारी गरेको छ ।कम्प्लेक्सले १४ लाख ३७ हजार ५०० कित्ता कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।

बोर्डले अनुमति दिएपछि कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*