कुथेली बुखरी स्मल हाइड्रोको लाभांश घोषणा
११ मंसिर २०८१, मंगलवार १०:२४
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधराणसभाबाट पारित भएपछि वितरण हुनेछ।