कृषि बीमाको अनुदान बापत ८ करोड रुपैयाँ बीमा कम्पनीहरुलाई वितरण
काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको आठ करोड रुपैयाँ आज निकासा गरेको रकम बीमा प्राधिकरणले कम्पनीहरुलाई पठाएको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आठ करोड रुपैयाँ रकम कम्पनीहरुलाई पठाएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले गत साता कृषि बीमा शुल्क बापतको रकम निकासा गरेको हो । बीमा कम्पनीहरुलाई सरकारले तिर्नुपन रकम मध्ये कृषि बीमा शुल्क अनुदानको ८ करोड रुपैयाँरुपैयाँ निकासा गरेको हो ।सरकारले बजेट बक्तव्यमै उल्लेख गरेर कृषि तथा पशुपंक्षी बीमा शुल्कमा ८० प्रतिशत राज्यले अनुदान दिने व्यवस्था गरेको थियो ।
तर, सो व्यवस्था कृषि तथा पशुपंक्षी मन्त्रालयले कार्यान्वयन गर्न आनाकानी गर्दै आएको छ । जसका कारण बीमा कम्पनीहरुले समयमा बीमा शुल्क पाउन सकेका छैनन् । बीमा कम्पनीहरुले बीमा शुल्क नपाउँदा कृषि बीमा गर्न आनाकानी गर्न बाध्य हुँदै आएका छन् ।
गत महिनादेखि लागू हुने गरेर नेपाल बीमा प्राधिकरणले प्रदेशको जिल्ला स्थित कृषि, मत्स्य तथा पशुपन्छी क्षेत्र हेर्ने कार्यालयको सिफारिशमा मात्रै बीमा कम्पनीहरूलाई कृषि बीमा अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था लागू भएको छ।
सरकारले कृषि बीमामा उपलब्ध गराउँदै आएको अनुदानको प्रक्रिया अव्यवस्थित भएपछि मन्त्रालयले कार्यविधि जारी गरेको हो । मन्त्रालयको गत असोज १६ गतेको मन्त्रीस्तरीय निर्णयले पारित गरेको कार्यविधि अनुसार बीमा गर्न चाहने व्यक्ति वा फर्मले अनुदान सहितको बीमाको लागि बीमा कम्पनीहरूमा निवेदन दिएपश्चात् अनुदानको रकम पाउने व्यवस्था गरिएको छ।
हालको व्यवसथा अनुसार कार्यविधि अनुसार अनुदान रकम पनि वर्गीकरण गरिएको छ । बीमाङक रकमको आधारमा अनुदान रकम तोकिएको छ । ५० लाख रूपैयाँसम्मको बीमामा ८० प्रतिशत अनुदान तोकिएको छ ।
५० लाख देखि एक करोड रुपैयाँसम्मको बीमामा ६५ प्रतिशत र एक करोड रुपैयाँभन्दा मार्थिको बीमामा ५० प्रतिशत अनुदान तोकिएको छ ।