तीन महिनामा लघुवित्तहरुको खुद ब्याज आम्दानी ७ अर्ब, ३९ वटाको बृद्धि हुँदा अन्य कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)

१० मंसिर २०८१, सोमबार १६:२५

काठमाडौं । हाल सञ्चालनमा रहेका लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा करिव सात अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । कम्पनीहरुले आम सर्वसाधारणलाई दिएको कर्जाबाट उक्त ब्याज आम्दानी गर्न सफल भएका हुन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५० लघुवित्तले ६ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको यस्तो आम्दानी १८.५८ प्रतिशतले बढेको छ । संस्थाहरुले गत आवको सोही अवधिमा पाँच अर्ब ७८ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।

समीक्षा अवधिमा ३९ वटा लघुवित्तको ब्याज आम्दानी दुई प्रतिशतदेखि ३१८ प्रतिशतसम्म बृद्धि भएको छ भने १० वटाको सो आम्दानी ०.४३ देखि ९० प्रतिशतसम्म बढेको छ । विन नेपाल लघुवित्तको मात्र ब्याज आम्दानी ऋणात्मक रहेको छ ।

यस अवधिमा सञ्चालित लघुवित्तहरुमध्ये छिमेक लघुवित्तले सबैभन्दा बढी रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ भने गत आवको तुलनामा स्वाभिमान लघुवित्तको मुनाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ ।

छिमेक लघुवित्तले खुद ब्याज बापत ६७ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको तुलनामा लघुवित्तको ब्याज आम्दानी ६ प्रतिशतले घटेको छ ।

कम्पनीहरुले प्र्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा आधारित

ब्याज आम्दानीमा दोस्रो नम्बरमा रहेको निर्धन उत्थान लघुवित्तले ५६ करोड २२ लाख रुपैयाँ र तेस्रो नम्बरमा रहेको साना किसान बिकास लघुवित्तले ४९ करोड २४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, यस अवधिमा जीवन विकास लघुवित्तको ब्याज आम्दानी ४४ करोड ३९ लाख रुपैयाँ, डिप्रोक्स लघुवित्तको ४१ करोड ६१ लाख रुपैयाँ, स्वावलम्बन लघुवित्तको ४० करोड आठ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ३२ करोड २२ लाख रुपैयाँ, नेशनल लघुवित्तको ३० करोड ४४ लाख रुपैयाँ र फरवार्ड माइक्रोफाइनान्सको २८ करोड आठ लाख रुपैयाँ ब्याज आम्दानी रहेको छ ।

त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तले २४ करोड ४६ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सले २२ करोड १८ लाख रुपैयाँ, एनआइसी एशिया लघुवित्तले १७ करोड ४८ लाख रुपैयाँ, सम्पदा लघुवित्तले १४ करोड १२ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तले १३ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस अवधिमा यी बाहेकका अन्य लघुवित्तहरुको ब्याज आम्दानी १२ करोड रुपैयाँभन्दा मुनी रहेको छ ।

बृद्धिदरका आधारमा

गत आर्थिक वर्षको तुलनामा स्वाभिमान लघुवित्तको ब्याज आम्दानी सबैभन्दा बढी अंकले बृद्धि भएको छ । यस अवधिमा लघुवित्तको सो आम्दानी ३१८ प्रतिशतले बढेको छ ।

दोस्रो नम्बरमा सर्वाधिक बृद्धि हुने लघुवित्तमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । जसको वृद्धिदर १८३ प्रतिशत रहेको छ भने धौलागिरी लघुवित्तको १४९ प्रतिशत रहेको छ ।

साथै, सम्पदा लघुवित्तको ब्याज आम्दानी १४४ प्रतिशत, गुराँस लघुवित्तको १४२ प्रतिशत, श्रीजनशील लघुवित्तको १३२ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

कम्पनीहरुले प्र्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणमा आधारित

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*