बेष्ट फाइनान्स र सुपरमादी हाइड्रोेपावरका लगानीकर्ताले आज सर्वाधिक कमाए, यी हुन् मूल्य वृद्धि भएका १० कम्पनी
१० मंसिर २०८१, सोमबार १५:०५
काठमाडौं । साता कारोबारको दास्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । जसमा बेष्ट फाइनान्स र सुपरमादी हाइड्रोेपावरको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८५ प्रतिशत र स्वाभिमान लघुवित्तको शेयरमूल्य ९.७८ प्रतिशतले बढेको छ ।