आजै धितोपत्र बोर्डले अध्यक्ष पाउने

१० मंसिर २०८१, सोमबार १४:१३

काठमाडौँ । लामो समयदेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्ड आज नयाँ अध्यक्षको नियुक्ति पाउने संकेत रहेको छ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष चयन गर्ने संभावना रहेको हो ।

यस पदका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको हो। समितिले बोर्डका वर्तमान कार्यकारी निर्देशक डा. नबराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम सर्टलिस्टमा राखेर अर्थमन्त्रालयमा बुझाएको छ। ती तीन जनामध्ये एक जनालाई आजको मन्त्रिपरिषद बैठकमा बोर्डको अध्यक्ष पदमा नियुक्ति दिने निर्णय हुने अपेक्षा गरिएको छ।

नेपाल धितोपत्र बोर्ड सन् २०८० पुस २० पछि अध्यक्षविहीन रहेको हो। यस अवधिमा सरकारले अर्थमन्त्रालयका सह सचिवलाई बोर्डको अध्यक्षको कार्यभार दिने व्यवस्था गरेको थियो, तर यस कारण धेरै काम र नीतिगत निर्णयहरू अल्झिएका थिए। नयाँ अध्यक्षको नियुक्ति भएपछि बोर्डको कार्यसम्पादन र नीतिगत निर्णयहरूमा सुधार आउने अपेक्षा गरिएको छ।

अर्कोतर्फ, आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*