बेलबारीमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी बैंक लिमिटेडले युएसएआईडीसँगको साझेदारीमा “देशै भरि वर्षै भरि” अभियानअन्तर्गत मोरङ्गको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
बेलबारी नगरपालिकासँगको समन्वयमा आयोजित प्रशिक्षण स्थानीय उद्यमीहरुको वित्तीय ज्ञान, सिप, मनोबल र व्यवहारिक क्षमता वृद्धि गर्ने लक्ष्यका साथ सम्पन्न गरिएको हो।
बैंकले वित्तीय साक्षरता प्रवर्द्धनका लागि पुस्तिका, कुमारीजी एप, सन्देशमूलक भिडियो र सचेतनामूलक कार्यक्रमहरूमार्फत जनचेतना फैलाउँदै आएको छ।
उद्यमशीलताको विकासले आर्थिक समृद्धि र राष्ट्र निर्माणमा सहयोग पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
२३ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले ३०२ शाखा, ३१९ एटिएम र ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ्ग इकाईहरूमार्फत् अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा थप उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ।