हकप्रद निष्कासनका लागि ङादी ग्रुपको बुक क्लोज मिति तय

१० मंसिर २०८१, सोमबार ११:४५

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय भएको छ।

यसका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा मंसिर १७ गतेसम्म कम्पनीको शेयर किन्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले १०० प्रतिशत अर्थात् १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद जारी गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*