नेपाल माइक्रोको लघु बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

१० मंसिर २०८१, सोमबार १०:३६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पोखरामा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सरोकारवालाहरुलाई लघु बीमा र यसको महत्वका बारेमा जानकारी गराइएको कम्पनीले बताएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालले लघु बीमाको भूमिकाका साथै यसको चुनौती र सम्भावनाबारे प्रस्तुति दिए। सहायक प्रमुख कार्यकारी अधिकृत अनिल गिरीले कम्पनीले प्रदान गर्ने लघु बीमाका सेवाबारे जानकारी गराउँदै सरल र सस्तो दरमा सेवा उपलब्ध गराउँदै आएको बताए।

डेभलपमेन्ट एलायन्स नेपालले संयोजन गरेको कार्यक्रममा कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारीले बैंक र बीमा व्यवसायबीचको सम्बन्धलाई प्रस्ट पार्दै यस्ता अभिमुखीकरण कार्यक्रम बैंकका कर्मचारीका लागि उपयोगी हुने बताए।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद दाहालले साना तथा सीमान्तकृत वर्गलाई लघु बीमाले समेट्ने बताए। उनले बीमाको पहुँच विस्तारका लागि जनस्तरमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए।

दुई वर्षअघि स्थापना भएका सात लघु बीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो व्यावसायिक विस्तारमा अग्रणी भूमिका खेल्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*