सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न सेबोनमा दियो निवेदन
१० मंसिर २०८१, सोमबार ०७:१८
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।
कम्पनीले १०ः२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो। सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। हकप्रद शेयर निष्कासन र बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।