अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको विनिमयदर कति?

१० मंसिर २०८१, सोमबार ०६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्सिर ९ गतेका लागि विदेशी मुद्राको अद्यावधिक सटही दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिददर १३४.८२ रुपैयाँ र बिक्रीदर १३५.४२ रुपैयाँमै स्थिर रहेको छ। अघिल्लो दिनपनि डलर यही भाउमा विनिमय भएको थियो।

आज युरोपियन युरोको खरिददर १४०.५२ रुपैयाँ र बिक्रीदर १४१.१४ रुपैयाँ छ भने बेलायती पाउण्डको खरिददर १६८.८६ रुपैयाँ र बिक्रीदर १६९.६१ रुपैयाँ छ।

स्विस फ्रान्कको खरिददर १५१.७५ रुपैयाँ र बिक्रीदर १५२.४२ रुपैयाँ तोकिएको छ। अष्ट्रेलियन डलरको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ छ भने क्यानाडियन डलरको खरिददर ९६.३७ रुपैयाँ र बिक्रीदर ९६.८० रुपैयाँ रहेको छ।

सिङ्गापुर डलरको खरिददर १००.०४ रुपैयाँ र बिक्रीदर १००.४९ रुपैयाँ छ। जापानी येन (१० येन बराबर) को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ छ। चिनियाँ युआनको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकिएको छ।

साउदी रियालको खरिददर ३५.९१ रुपैयाँ र बिक्रीदर ३६.०७ रुपैयाँ छ। थाई भाटको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९२ रुपैयाँ रहेको छ। सबैभन्दा महँगो कुवेती दिनारको खरिददर ४३८.०० रुपैयाँ र बिक्रीदर ४३९.९५ रुपैयाँ रहेको छ। ओमानी रियालको खरिददर ३५०.२० रुपैयाँ र बिक्रीदर ३५१.७५ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*