एमालेलाई फोहर व्यवस्थापनसम्बन्धी दोस्रो पत्र पठाउँदै महानगरपालिका

९ मंसिर २०८१, आईतवार १३:२९

काठमाडौँ। काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीमा फोहरमैला व्यवस्थापनमा लापरवाही गरेको भन्दै नेकपा एमालेलाई कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। २०८१ मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा आयोजित जागरण सभाका क्रममा सडक र पेटीमा जथाभावी फोहर गरेकाले महानगरले यसप्रति आपत्ति जनाएको हो।

महानगरपालिकाका अनुसार, फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ अनुसार, नेकपा एमालेलाई फोहर व्यवस्थापनसम्बन्धी दोस्रो पत्र बुझाउन महानगरका प्रतिनिधि दिउँसो १ः४५ बजे पार्टी कार्यालय जाँदै छन्। एमालेले पत्र नै नआएको भनेपछि महानगर दोस्रो पत्र लगेर गएको हो ।

महानगरले फोहर उत्पादन गर्ने पक्षलाई व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न कडा चेतावनी दिंदै कानुनको पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*