एशियन लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता सम्मानित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनीबार कुपण्डोलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाइ इन्स्योरेन्सले सम्मान गरेको हो ।
उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेशागत बीमा अभिकर्ता संघ बीमक समितिका सदस्य ध्रुव गिरी, प्रशिक्षक डा. तारा प्रसाद गिरीले अभिकर्तालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमाकोषको वृद्धिसँगै बीमित र अभिकर्ताका लागि अधिकत्तम प्रतिफल दिलाउन इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए । उनले अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि विदेशी प्रशिक्षकबाट समेत तालिम कार्यक्रम सञ्चालन गरिएको बताउँदै अभिकर्ताको पेशागत हित कम्पनी व्यवस्थापनको प्राथमिकतामा रहेको भन्दै बीमित र अभिकर्ताको सुविधाका लागि प्रदेश स्तरमा इन्स्योरेन्सको आफ्नै भवन खरिद गरेर थप पूर्वाधार सहितको कार्यालय सञ्चालनको योजना समेत रहेको जानकारी गराए ।
कार्यक्रममा ललितपुर,भक्तपुर, काठमाडौं, काभ्रे, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोकका अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ ।