आजदेखि धरहरा चढ्न शुल्क लाग्ने, नेपाली र विदेशी कसलाई कति ?

९ मंसिर २०८१, आईतवार ०९:१४

काठमाडौं । आजदेखि काठमाडौंको सुन्धारामा रहेको धरहरा चढ्न शुल्क लाग्ने भएको छ । सरकारले धरहरा चढ्नका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकेको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने २ सय रुपैयाँ शुल्कमा ५० प्रतिशत सहुलियत दिइने सहरी विकास मन्त्रालयले जनाएको छ ।

धरहरा व्यवस्थापनको जिम्मा आफैं लिएको सहरी विकास मन्त्रालयले नेपाली नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेकका राष्ट्रबाट घुम्न आएकाहरुलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकेको छ ।

यसैगरी, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पांग्रेका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रे सवारीलाई १० रुपैयाँ शुल्क तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ भने धरहरा परिसरमा व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*