बहिनीको विवाहमा दाइले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । विवाह, ब्रतबन्ध र जन्मदिनजस्ता शुभ कार्यमा उपहार दिने परम्परा वषौंदेखि चल्दै आएको छ। समय अनुसार उपहारका स्वरूपहरू परिवर्तन हुँदै गर्दा अहिले जीवनकै अमूल्य उपहारका रूपमा बीमा पोलिसी दिने चलन बढ्दै गएको छ।
यसै सन्दर्भमा कपिलवस्तु, बुद्धभूमि–१ महेन्द्रकोटका विजय पोख्रेलले आफ्नी बहिनी दुर्गा पोख्रेलको विवाहमा ५ लाख रुपैयाँको सिटिजन जीवन सारथी बीमा पोलिसी उपहार दिएका छन्।। उनले बहिनीको जीवनमा आइपर्न सक्ने जोखिम बहन गर्न र दीर्घकालीन बचतको शुरूवात गर्न मद्दत र्पुयाउने उद्देश्यका साथ यो उपहार दिएका हुन्।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेलबास शाखाका एजेन्सी म्यानेजर गोपाल कुवँरका अनुसार यो उपहारले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याहरूको समाधान गर्न सहयोग पुर्याउँछ। उनले परम्परागत उपहारभन्दा बीमा दीर्घकालीन उपयोगी हुने भएकाले यसप्रति चासो बढ्दै गएको बताए।
बेलबास शाखाका प्रवन्धक योगेन्द्र रायमाझीले बीमा उपहार दिनु नौलो काम भए पनि पछिल्लो समय यो प्रचलन बढ्दै गएको जानकारी दिए। उनका अनुसार विवाहलाई जीवनको महत्त्वपूर्ण कर्म मानिएजस्तै बीमालाई पनि जीवनको अनिवार्य अंगका रूपमा बुझ्न आवश्यक छ।
विवाह समारोहमा उपस्थित आफन्त र जन्तीहरूले विजय पोख्रेलको यो कदमको प्रशंसा गर्दै आफ्नो जीवनका लागि पनि बीमा गराउने इच्छा व्यक्त गरेको कम्पनीले जानकारी दिएको छ।