साढे २२ लाख कित्ता आइपीओ निष्काशन गर्न पायो गार्डियन माइक्रो लाइफले अनुमति, प्रतिकित्ता शेयर मूल्य कति?
८ मंसिर २०८१, शनिबार १०:४२
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लघुबीमा कम्पनीहरुमध्ये गार्डियन माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने पहिलो अनुमति पाएको छ ।
गत साउन २४ गते आइपीओ अनुमति मागेकोे गार्डियन माइक्रो लाइफलाई सोबेनल आइपीओ निष्काशनको लागि अनुमति दिएको छ ।
आइपीओ निष्काशन पश्चात् कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्नुपर्नेछ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।