निर्जीवन बीमा कम्पनीको मुनाफा घटेसँगै ईपीएस प्रभावित, यस्तो छ पछिल्लो शेयरमूल्य (तथ्यांकसहित)

८ मंसिर २०८१, शनिबार ०८:५३

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आएको छ । कम्पनीहरुको खुद नाफा घटेसँगै त्यसको प्रत्यक्ष असर सो कम्पनीहरुको प्रतिशेयर आम्दानीमा परेको छ । जसका कारण निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा पनि प्रभाव परेको छ ।

गत असोज महिनामा गएको बाढीपहिरोको कारण निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रुपैयाँको बीमा दावी परेको छ । कम्पनीहरुले बीमितहरुलाई दावी भुक्तानी दिएको कारण मुनाफामा असर परेको जानकार बताउँछन् । निर्जीवन बीमा कम्पनीहरुमा पनि पूनर्बीमा राम्रोसँग गरेका कम्पनीहरुमा मुनाफामा त्यति धेरै असर परेको देखिदैन् ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणको आधारमा,

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ वटा निर्जीवन कम्पनीहरुमध्ये पाँच वटा कम्पनीको प्रतिशेयर आम्दानीमा सामान्य अंकको गिरावट आएको छ । यस अवधिमा ६ वटा कम्पनीको यस्तो आम्दानी बढ्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफासहित ईपीएसमा भारी गिरावट आएको छ ।

समीक्षा अवधिमा सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ । कम्पनीको इपीएस गत आवको तुलनामा सात रुपैयाँ नौ पैसाले बढेर ५८ रुपैयाँ ७२ पैसा पुगेको छ । कम्पनीको मुनाफा पनि १३ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, बाढीपहिरोका बीमितहरुलाई सबैभन्दा बढी बीमा दावी भुक्तानी दिन सफल शिखर इन्स्योरेन्सको पनि मुनाफासहित ईपीएस बृद्धि भएको छ । यस अवधिमा कम्पनीको ईपीएस ०.४२ रुपैयाँले बृद्धि भएर १७ रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको शेयरमूल्य ८४५ रुपैयाँ रहेको छ ।

प्रभु इन्स्योरेन्सको ईपीएस ०.८१ रुपैयाँले बढेर १५ रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको मुनाफा पनि १० प्रतिशतले बढेको छ । साथै, नेको इन्स्योरेन्सको ईपीएस १४ रुपैयाँ १ पैसा, एनएलजी इन्स्योरेन्सको ईपीएस १२ रुपैयाँ ७१ पैसा, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १० रुपैयाँ ५९ पैसाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १० रुपैयाँ १७ पैसा रहेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ईपीएस नौ रुपैयाँ १२ पैसाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ८ रुपैयाँ ०६ पैसाँ, नेपाल इन्स्योरेन्सको २.५३ पैसा ईपीएस रहेको छ ।

यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सको ३ रुपैयाँ ४६ पैसा र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १३ रुपैयाँ ६५ पैसाँ प्रतिशेयर आम्दानी रहेको छ । निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा गिरावट आएसँगै प्रति शेयर आम्दानी प्रभावित बनेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*