चार महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, निर्यात बढ्दा घट्यो व्यापार घाटा

७ मंसिर २०८१, शुक्रबार १६:११

काठमाडौँ। चालु आर्जिक वर्ष २०८१।८२ को चार महिनामा ५ अर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयात ०.१७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो । यो अवधिमा नेपालले ५२ अर्ब ६७ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।

चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिब व्यापार ०.५३ प्रतिशतले बढेको छ ।

यो अवधिसम्ममा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ । तथ्यांक अनुसार नेपालले ९१ प्रतिशतको आयात गर्दा ९ प्रतिशतको मात्रै निर्यात गर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*