सरकारमा रहेर पनि सभा र र्याली गरेको भन्नेहरूलाई एमालेको जवाफ

७ मंसिर २०८१, शुक्रबार १४:५९

सरकारमा रहेर पनि सभा र ¥याली गरेको भन्नेहरूलाई एमालेको जवाफकाठमाडौं । नेकपा एमालेले सरकारमा रहेर पनि सभा र ¥याली गरेको भन्नेहरूलाई जवाफ फर्काएको छ । शुक्रबार राजधानीको दरबारमार्गमा भएको जागरण सभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमाले जनताको पार्टी भएकाले जनतामा गएर पार्टीविरुद्ध खडा गरिएका भ्रमहरूलाई चिर्न खोजिएको बताए ।

‘सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्छ ? भनेको सुनियो । सबैभन्दा ठुलो लोकतन्त्र भएको मुलुक भारतमा नरेन्द्र मोदीले विभिन्न राज्यमा जनताका बिचमा भाषण गरिरहेको सुनिन्छ’, उनले भने, ‘लोकतन्त्रमा प्रमको पार्टीले सभा र ¥याली गर्न मिल्छ कि मिल्दैन ? कम्तीमा भारतीय लोकतन्त्र देखेकाहरूले यस्तो नभने हुने हो । जनताको पार्टी भएको नाताले एमालेले जनतामा जाने फैसला गरेको हो ।’

उनले दरबारमार्गमा गरिएको जागरण सभा सरकारको नभएर पार्टीको कार्यक्रम भएको पनि स्पष्ट पारे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*