सुर्यज्याेति लाइफका डेपुटी सिइओ खड्काद्वारा राजिनामा, आइएमई लाइफमा सिइओ बन्दै
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) खड्काले राजिनामा दिएका छन्। उनले मंसिर १६ देखि लागू हुने गरी राजिनामा दिएका हुन् ।
डिसीईओ खड्काले समेत आइएमई लाइफका सञ्चालक समितिमा सीईओका लागि अन्तर्वार्ता दिईसकेको संचालक समिति सकारात्मक भएसँगै उनले सूर्यज्योति लाइफमा राजिनामा दिएको बुझिएको छ।
मर्जरअघि सूर्य लाइफमा सिईओको जिम्मेवारी सम्हालेका पवन खड्काले मर्जर पश्चात् सूर्यज्योति लाइफमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)को भूमिका निर्वाह गर्दै आएका थिए । मर्जरपश्चात् कम्पनीको सिईओको जिम्मेवारी प्रकाश विक्रम खत्रीले सम्हाल्दै आईरहेका छन् ।
उनी तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा २०७८ मा प्रमुख कार्यकारी नियुक्त भएका थिए। कम्पनी तत्कालीन ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर भएर एकीकृत कारोबारमा आएको सूर्यज्योति लाइफ इन्स्योरेन्समा २०७९ पुसयता खड्काले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएका थिए। उनले २०८१ मंसिर १६ गतेदेखि लागू हुने गरी राजिनामा दिएका हुन्।
खड्काको बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङलगायत क्षेत्रमा १७ वर्ष लामो अनुभव छ। उनले बिमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै करिब ९ वर्ष काम गरिसकेका छन्। खड्काले नेपाल लाइफमा पनि काम गरेका थिए।
आइएमई लाइफ इन्स्योरेन्स सिई ओ पद४ महिनायता खाली छ। कम्पनीमा ल्याउन विभिन्न चरणमा अन्तर्वार्तासमेत गरिसकेको छ। गत साता मात्रै सूर्यज्योतिका डिसीईओ खड्काले समेत आइएमई लाइफका सञ्चालक समितिमा सीईओका लागि अन्तर्वार्ता दिएका थिए। अन्तर्वार्तामा आइएमइका सञ्चालक सकारात्मक भएपछि खड्काले सूर्यज्योतिमा डिसीईओ पदबाट राजिनामा दिएको बुझिएको छ।