फाइनान्स कम्पनीहरूको खराब कर्जाको चुलिँदो भार, शेयर बजारमा विडम्बनाको नाच

काठमाडौँ । शेयर बजारमा लगानीकर्ताको उच्च आकर्षणको केन्द्र मानिएका फाइनान्स कम्पनीहरू खराब कर्जाको चक्रव्यूहमा फसिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १५ फाइनान्स कम्पनीमध्ये आधाभन्दा बढीको खराब कर्जा राष्ट्र बैंकले तोकेको सीमा नाघेको छ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुनु नहुने राष्ट्र बैंकको निर्देशन भए पनि चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ७ कम्पनीले यो सीमा पार गरेका छन् । आन्तरिक अर्थतन्त्रमा मन्दीका कारण फाइनान्स कम्पनीहरूले प्रभावकारी कर्जा प्रवाह गर्न नसक्दा र असुली प्रक्रियामा पनि चुनौती झेल्दा खराब कर्जाको मात्रा ह्वात्तै बढेको हो । पछिल्लो तथ्यांकअनुसार एक वर्षको अवधिमा फाइनान्स कम्पनीहरूको खराब कर्जा औसतमा ३.४१ प्रतिशतले वृद्धि भएर ९.१८ प्रतिशत पुगेको छ । विशेष गरी जानकी फाइनान्सको अवस्था अत्यन्तै नाजुक देखिएको छ । कम्पनीको खराब कर्जा १७.०४ प्रतिशतले बढेर ३४.६४ प्रतिशत पुगेको छ । यस्तै, समृद्धि फाइनान्सको खराब कर्जा २३.४७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.६८ प्रतिशतले बढी हो । गुहेश्वरी मर्चेन्टको खराब कर्जा १३.५६ प्रतिशत रहेको छ भने नेपाल फाइनान्सको १०.३६ प्रतिशत पुगेको छ । समान रूपमा सबै कम्पनीहरूको अवस्था नराम्रो भने छैन । मञ्जुश्री फाइनान्सले खराब कर्जालाई न्यूनतम ३.१२ प्रतिशतमा सीमित राख्न सफल भएको छ, जुन अन्य कम्पनीहरूको तुलनामा निकै सकारात्मक हो । तर, समग्रमा फाइनान्स कम्पनीहरूको खराब कर्जाको औसत … Continue reading फाइनान्स कम्पनीहरूको खराब कर्जाको चुलिँदो भार, शेयर बजारमा विडम्बनाको नाच