पोलिसी रिभ्यूः ‘सानिमा रिलायन्स सरल जीवन बीमा योजना’ मा चार विशेष सुविधाको कारण बीमितको आकर्षण (भिडियोसहित)

राजन कठायत
७ मंसिर २०८१, शुक्रबार १४:२१

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाली जीवन बीमा क्षेत्रमा विभिन्न सुविधा सम्पन्न बीमा पोलिसीहरु बिक्री गर्दै आएको छ । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १४ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

देशको दूर–दराजमा रहेका आम नागरिकहरुको लागि सुहाउँदो बीमा पोलिसीहरु सानिमा रिलायन्स लाइफमा रहेका छन् । कम्पनीबाट बालकदेखि युवा पुस्ताका मानिसहरुले आफ्नो आवश्यकता अनुसारका विशेषता भएका पालिसीहरु खरिद गर्न सक्छन् । बीमा क्षेत्रमा सबैभन्दा सहज र सरल बीमा दावी भुक्तानी प्रक्रिया रहेको यस कम्पनीले देशैभरीका पूर्वदेखि पश्चिमसम्मका शाखा कार्यालयबाट बीमा सेवा उपलब्ध गराइरहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएका १८ हजारबढी बीमा अभिकर्ताहरुले नागरिकहरुको बीमा गरेर उनीहरुको जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् । आज हामी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सर्वोत्कृष्ठ तथा सर्वाधिक बिक्री भइरहेको बीमा पोलिसी ‘सानिमा रिलायन्स सरल जीवन बीमा योजना’ को बारेमा व्याख्या गर्नैछौं । यस योजनामा कसरी सहभागी हुने ? यो बीमा योजना किन खरिद गर्ने ? के के फाइदाहरु छन् भन्नेबारे यहाँ कम्पनीका चिफ बिजनेश अफिसर सूर्य प्रकाश गुप्तासँग पनि कुराकानी गरेका छौं ।

 

सानिमा रिलायन्स सरल जीवन बीमा योजना

कम बीमाशुल्कमा अधिक रक्षावरण र सहज भुक्तानी सुविधा भएकाले यो बीमालेख निकै लोकप्रिय छ । यो बीमालेखले तपाइमा बचत गर्ने बानीको विकास गर्न सहयोग गर्नुका साथै भविष्यमा आउन सक्ने आकस्मिक खर्च र अनिश्चितताको तयारी गर्न सघाउछ ।

न्यून आय भएका नागरिकदेखि विभिन्न क्षेत्रका कर्मचारी, किसान, व्यापारी, शिक्षक, सवारी चालक, उद्योगी तथा सबै प्रकारका मानिसहरुले सर्वाधिक रुचाएको पोलिसी हो सानिमा रिलायन्स सरल जीवन बीमा योजना ।

यो योजना किफायती मूल्यमा एक आदर्श संरक्षण सह बचत योजना हो । वित्तीय सुरक्षा मार्फत जोखिमहरू कभर गर्नु बाहेक, यसले नीतिको अवधिमा नियमित बचत व्यवहारलाई पनि चलाउँछ । यो सेवानिवृत्ति योजनाको एक विकल्प हो, साथै यो योजना भविष्यको वित्तीय आवश्यकताहरुको लागी एकदम आवश्यक रहेको छ ।

विभिन्न सुविधाहरुले सम्पन्न रहेको यस योजनाले मानिसहरुलाई बचत तथा जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । आम कृषकदेखि लिएर ठूला–ठूला व्यवसायी, विभिन्न क्षेत्रका कर्मचारी, व्यापारी, शिक्षक तथा विद्यार्थी, सवारी चालक, सुरक्षा निकायका कर्मचारी (नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरी) तथा सबै प्रकारका नागरिकहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दा यो एकदमै आवश्यक रहेको बीमा पोलिसी हो ।

यस योजनामा एडीबी, पीटीडी र पीडब्ल्यूबी १ करोड रुपैयाँसम्म र सीआई ५० लाख रुपैयाँसम्म रहेको छ ।

यो योजनामा बीमा अवधिको परिपक्वताको अन्त्यमा वा बीमा अवधि अघि बीमित व्यक्तिको असामयिक मृत्युमा लाभार्थीलाई वा बीमितलाई निहित बोनसको साथ बीमांक रकम प्रदान गरिन्छ । साथै, ग्राहकले नियमित (कार्यकालभर) वा एकल भूक्तानी, दुई मध्ये एक रोज्न सकिनेछ ।

कम्पनीमा देशभरी छरिएर रहेका अभिकर्ताहरुले समेत यस बीमा पोलिसीलाई सर्वाधिक बिक्री गर्दै आएको बताएका छन् । मानिसको जीवनमा आउने विभिन्न भैपरी दुर्घटनाहरु र विभिन्न रोगहरुको सामना गर्न (सीआई) सुविधा समेत रहेका कारण मानिसहरु यस योजनाप्रति आकर्षित रहेका छन् ।

सुर्य प्रकाश गुप्ता, चिफ बिजनेश अफिसर, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

यो बीमालेख खरिद गर्ने उचित समय कुन हो ?

जीवन बीमाको उद्देश्य भनेको तपाइको पैसाको बचत गराई तपाइलाई केही भएको खण्डमा तपाईको आम्दानीको प्रतिस्थापन गर्नु हो । जीवनमा अफ्ठ्यारो स्थिती जुनसुकै बेलामा पर्न सक्छ त्यसैले जीवन बीमा पनि बेलैमा गर्नु उचित मानिन्छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले यो योजनामा सहभागि हुनका लागि विभिन्न मापदण्डहरु लागु गरेको छ । यस पोलिसीमा १८ वर्षदेखि ६० वर्षसम्मका मानिसहरु समावेश हुन पाउने प्रावधान रहेको छ ।

मानिसहरुले यस योजनामा सहभागी हुनको लागि कम्पनीले तोकेका नियमहरु तथा मपदण्डहरु लागु गर्न आवश्यक हुन्छ । जुन यस प्रकार रहेका छन्ः

न्यूनतम बीमांक रकमः २५ हजार रुपैयाँ,
अधिकतम बीमांक रकमः असिमीत छैन,
न्यूनतम प्रवेश उमेरः १८ वर्ष
अधिकतम प्रवेश उमेरः ६० वर्ष
अधिकतम परिपक्वता उमेरः ७० वर्ष
न्यूनतम बीमा अवधिः ७ वर्ष
अधिकतम बीमा अवधिः ५२ वर्ष

लाभहरू/विशेष सुविधाहरू

सानिमा रिलायन्स सरल जीवन बीमा योजना सुविधाहरुले सम्पन्न रहेको छ । मानिसहरुले यो योजना खरिद गरिसकेपछि परिपक्क अवधिसम्म ढुक्क रहने सकिन्छ । यस योजनाले बीमितहरुलाई सीआई देखि लिएर मापदण्ड पुरा भएपश्चात कर्जा सुविधा समेत उपलब्ध गराउन्छ । यस योजनामा दुर्घटना भएपछि बीमितलाई रकम र बोनसहित एकमुष्ट भुक्तानी दिने व्यवस्था रहेको छ । यस योजनाका मुख्य लाभहरु तथा विशेषता निम्न अनुसार रहेका छन्ः

मृत्यु लाभः बीमित बीमांक रकम र बोनस घोषणा गरिएको र निहित

म्याच्योरिटी बेनिफिट सम्म बाँच्नको लागिः बीमित बीमांक रकम र बोनस घोषणा र निहित

सवार लाभहरू (वैकल्पिक)
दुर्घटना मृत्यु लाभ (एडिबी) : अतिरिक्त बीमांक रकम बीमित रकम बराबर वा एक करोड रुपैयाँ, जुन कम हुन्छ ।

स्थायी कुल अशक्तता (पीटीडी) : बीमा रकम वा एक करोड रुपैयाँ–, जुन १२० मासिक किस्ताहरूमा भुक्तान योग्य छ; परिपक्वताको बाँकी अवधि १२० महिना भन्दा कम भएमा, बाँकी किस्ता परिपक्वतामा वा मृत्युमा, यदि पहिले भएमा एकमुष्ट भुक्तानी गरिनेछ।

प्रिमियम वेभर बेनिफिट (पीडब्लुबी) : दुर्घटनाको कारणले पीटीबि को मिति पछि सबै भविष्यको प्रिमियमहरू छुुट गरिनेछ ।

क्रिटिकल इलनेस (सीआई) : कम्पनीले उपलब्ध गराएको कुनै पनि सीआई सुरु भएमा, बीमित रकम बराबर अतिरिक्त रकम वा ५० लाख रुपैयाँ/–, जुन कम हुन्छ ।

प्रिमियम भुक्तानी तरिका/संरचना

मानिसहरुले यो योजना खरिद गर्दा आफुलाई आवश्यक पर्ने तरिकाले प्रिमियम बुझाउन सक्नेछन् । यो योजना खरिद गर्दा बीमितले एकल/वार्षिक/अर्धवार्षिक/त्रैमासिक रुपले प्रिमियम बुझाउन सक्नेछन्।

कसरी बीमा पोलिसी खरिद गर्ने ?

आम नागरिकहरुलाई सानिमा रिलायन्स सरल जीवन बीमा खरिद गर्न निकै सजिलो र सहज रहेको छ । कम्पनीका देशभरी सक्रिय रहेका १८ हजारभन्दा बढी जीवन बीमा अभिकर्ताहरुसँग सम्पर्क गरी अथवा कम्पनीका देशभरी छरिएर रहेका १७० शाखा कार्यालय मार्फत खरिद गर्न सक्नेछन् । यस योजनाबारे कुनै पनि जिज्ञासा तथा सुझाव भएमा कम्पनीका अभिकर्ताहरु र शाखा कार्यालयहरुमा सम्पर्क गरेर सहजै बुझ्न सकिन्छ।

दावी भुक्तानी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको दावी भुक्तानी प्रक्रिया पनि निकै सरल र सहज रहेको छ । कम्पनीका कर्मचारीहरु र अभिकर्ताहरुले दावी भुक्तानी प्रक्रियामा आफू स्वयम् सहभागी भएर सबै कागजात मिलाई सक्दो चाँडो दावी दिने ब्यवस्था गरेको छ ।

थप बुझ्न यो लिंकमा क्लिक गर्नहोस् ।

सानिमा रिलायन्स सरल जीवन बीमा योजना

https://www.sanimareliancelife.com/endowment-saral-assurance-policy

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*