यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने
७ मंसिर २०८१, शुक्रबार ०९:५७
काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
जसमध्ये ४ प्रतिशत बोनस शेयर र ०.२११ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
साथै बोनस शेयर जारी भएपछि कायम हुने चुक्ता पूँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि अघि सारेको छ।