नेशनल हाइड्रोको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
७ मंसिर २०८१, शुक्रबार ०८:३१
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ। कम्पनीले मंसिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रार नियुक्ति गरेको हो।
शेयर रजिष्ट्रार नियुक्ति भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ।