नेप्सेमा सूचीकृत तीन कम्पनीको साधारणसभा आज

७ मंसिर २०८१, शुक्रबार ०७:३५

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनी आशा लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र रिडी पावर कम्पनीको साधारणसभा आज बस्दैछ। यी तीन वटै कम्पनीको आज फरकफरक स्थानमा सभा बस्दैछ।

आशा लघुवित्तको साधारणसभा बनेपा–७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्दैछ। सभामा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण लगायतका प्रस्ताव पेश गरिनेछ। सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावरको साधारणसभा लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा बिहान ८ बजेदेखि बस्दैछ । सभामा ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गरिनेछ। साथै बोनस शेयर वितरणपछि १ः१.२५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने योजनालाई पनि सभाले निरन्तरता दिनेछ। यस कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ।

त्यसैगरी रिडी पावर कम्पनीको साधारण सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे बस्दैछ। यस कम्पनीले भने सभामा लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*