अमेरिकी डलर हालसम्मकै उच्च

७ मंसिर २०८१, शुक्रबार ०६:४२

काठमाडौं । अमेरिकी डलरको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ५० पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ ९० पैसा रहेको छ। यसअघि डलरको बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा र खरिददर १३४ रुपैयाँ ७७ पैसा थियो।

युरोपियन युरोको बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा र खरिददर १४२ रुपैयाँ ०४ पैसा रहेको छ। बेलायती पाउन्डको बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा र खरिददर १७० रुपैयाँ ६२ पैसा कायम छ।

यस्तै अष्ट्रेलियन डलरको बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा र क्यानेडियन डलरको बिक्रीदर ९७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

यता कतारी रियालको बिक्रीदर ३७ रुपैयाँ १७ पैसा छ भने खरिददर ३७ रुपैयाँ तोकिएको छ। मलेसियन रिङ्गिटको बिक्रीदर ३० रुपैयाँ ३५ पैसा छ भने यूएई दिरामको बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*